के अब साँच्चै सेयर बजार ३५ सयको लयमा हिँडेकै हो त ? यस्ताे कुरा आयाे..

Admin
0

 बुधवार पनि सेयर बजारले अकाली यात्रा तय गरेको छ । नेप्से परिसुचक उच्च अंकले बढ्दा १३ वटै उपसमुह अकालो लागेका छन् । कारोबार रकम ,पनि आइतबारको तुलनामा बढेको छ ।


साताको तेस्रो दिन बजार मापक सूचक नेप्से ६९ अंक भन्दा धेरैले बढेर समग्र बजार २७८४ बिन्दुमा पुुगेको छ । नेप्सेको उल्लास सँगै कारोबार रकम पनि ५ अर्ब माथि पúेको छ ।

आईतबार सोमबारको तुलनामा आज नेप्से केही स्थिर रहेको थियो । दिनै भरी कारोबार भएका २२७ कम्पनीहरुमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ ।


जानकारहरुले अब बजारले सम्पूूर्ण असर गर्ने कुरा पचाईसकेको हुँदा आफ्नो अयमा अघि बढ्ने बताउँछन् । बजार यस अघि पनि ३२ को बिन्दुमा पुुगेर फर्केको हो ।


आज बैंक तथा वित्तिय संस्थाहरुले आज ( मंसिर १ गते ) देखि लागुहुने गरी निक्षप र कर्जाको नयाँ ब्याजद सार्बजनिक गरेका छन् । अधिकांश बैंकहरुको ब्याजदर बढेको छ ।


अधिकांश वाणिज्य बैंकहरुको मुद्धति निक्षेपको अधिकतम ब्याजदरमा १०.०५ प्रतिशतसम्म पुुगेको छ । ब्याजदर बृद्धिले पनि सेयर बजारमा भने प्रभाव पारेको छैन । बजारमा रौनकता देखिएको छ । दिनहँ बढ्दो कारोकार रकमले पनि लगानीकर्ताको मनोबल बढेको पुुष्टि गर्दछ ।


नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बुढबार सेयर कारोकार मापक नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा पुुगेको छ । नेप्से २.५५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसुचक पनि १४.९२ अंकले बढेर ५२१.४६विष्न्दुमा पुुगेको छ ।


कुुल २२७ वटा कम्पनीको एक करोड ९३ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५२ करोड १६लाख ५० हजार ८ सय ५७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाउको छ ।




Tags

Post a Comment

0Comments

Post a Comment (0)