बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन । उनले सोमबार प्रदेशसभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले समर्थन जनाएका हुन ।
विश्वासको मत सम्बन्धी प्रस्तावमाथी मत विभाजन हुँदा पक्षमा ५९ मत र विपक्षमा ४३ मत खसेको थियो । प्रस्तावमा दई मत भने तटसथ रहेको थियो । १०१ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ । विश्वासको मत सम्बन्धी प्रस्तावमाथी मत विभाजन हुँदा बैठकमा १०४ सांसद थिए ।
प्रदेशसभा बैठकमा राप्रपाका दुुई सांसद र एमाललेका दुुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसद द्धय रिता माझी र रिना गुुरुङ तथा एमालेका संसद द्धय गणेश दुलाल र बेलिमाया घले अनुपस्थित रहे ।