मेगा बैंकको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले,आज ९मंसिर १३ गते, सोमबार० सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
ताजा जानकारीको लागि तल रहेको सबै फोटोहरुमा क्लिक गर्नुहोस् ।👇👇
मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई घोषणा गरेको लाभांश पारित गर्न ११ औं साधारण सभा बोलाएको छ । बैंकले मंसिर २८ गते, मंगलबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११स्१५ बजे ११ औं वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकको सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र २।०७ प्रतिशत नगद लाभांश गरी १२।०७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै,सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।