मालामाल बनाउने फेरी अर्को झण्डै ४८ करोडको आईपीओ आउने पक्का कहिलेबाट आवेदपन दिन मिल्छ ?

Admin
0

 

श्रेतगैगा हाइडेपावर एन्ड कन्स्ट्क्सन लिमिटेडले आइपीओ जारी गर्ने तयारी थालेको छ । त्यसका लागि श्रेतगंगा हाइड्रोपावर एन्ड कन्ट्क्सन लिमिटेडले बिक्री गर्न सानिमा क्यापिटललाई निष्कासन तथन बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

नियुक्ती सम्बन्धी सम्झौतापत्रमा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र श्रेतगंगा हाइडेपावरको तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

श्रेतगंगाले आयोजना प्रभावित स्थानीय, सर्वसाधारण तथा कर्मचारीलाई गरी कुल ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । उक्त सेयर कम्पनीको जारी पुँजी १ अर्व ५९ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत हो ।

श्वेतगंगाले रामेछाप जिल्लाको लिखु तामाकाशी गाउँपालिका र ओखलढुुङ्गा जिल्लको लिखु गाउँपालिकाको सीमाना भएर बग्ने लिखु नदीको बहाव प्रयोग गरी २८.१ मेगावात क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेका छ ।

्यस आयोजनाबाट उत्पादन हुने विद्युतीय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यू खिम्ती सव स्टेशनमार्फत राष्टिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ ।

उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेका कम्पनीले जानकारी गराएको छ । कम्पनीले आईपीओ बिक्रीका लागि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।

धितोपत्र बोर्डमा आवेदन दिई स्वीकृति पाएपछि मात्र आईपीओ जारी हुन्छ । त्यसैले आजै यही मितिमा नै आउँछ भन्ने अवस्था नभए पनि चाँडै नै यो आर्यपीओ निष्काशन हुनेछ । किनभने यसले धेरै समय पहिले नै बोर्डमा आवेदन दिईसकेको छ ।

यसैगरी नयाँ कम्पनीले शेयर निष्काशनको लागि सेबोनमा निवेदन दिएको छ । मन्दाकिनी हाइडेपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ अनुमति मागेको हो । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १४ गते नेपाल धितोपत्र बोर्ड ( सेबोन ) आवेदन दिएको हो ।

कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरबरको आइपीओ निष्कासनको अनुमती मागेको छ । सेबोनबाट अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार ११० कित्ता आइैपिओ निष्कासन गर्नेछ ।

यो आईपीओ कमपनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ । मनदाकिनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Tags

Post a Comment

0Comments

Post a Comment (0)