मध्ये भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २ण् गते बुधबारबाट असोज २५ गते सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैया बराबरको ९० लाख कित्ता साधारण सेयर आईपिओ निस्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सामुुहीक लगानी कोष र ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता अर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।
उक्त साधारण सेयर आइपीओ को बाँडफाँड कार्तिक १२ गते, शुक्रबार सम्पन्न भईसकेको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपिओ गोलाप्रथाद्धारा बाँडफाँड गरिएको थियो ।
अन्तिम दिसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७ सय २२ जनाको आवेदन रद्य भउको छ । योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६जना रहेको थियो ।
जस अनुसार ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी १५ लाख ७१ हजार २ सय १८ जना आवेसदकको हात खाली भएको छ ।
नेप्सेले कम्पनीको पहिलो ककारोबारका लागि प्रति सेयर न्युनतम ९४ रुपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ९३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
मध्य भोटेकोहशी जलविद्युत कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६ र ०७७ को प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ३९ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २ सय ८३ रुपैयाँ १७ पैसा हुन्छ ।