नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोम (DISH HOME) ले आफ्नो ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भउको छ ।
कम्पनीले यसअघि नै बजारमा ल्याएको लाईफ स्टाइल लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुलक इन्टरनेट प्रदान गर्ने भएको हो ।
गत साउनदेखि रोकिउको यो प्याकेज पुनः सञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए ।
यस अन्त्र्गत ग्राहकले एक महिनाका लागि ६सय रुपैयाँ (भ्याटसहित) मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।
त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ ( भ्याटसहित ) मा डिशहोम रिचार्ज गर्दा निशुल्क इन्टरनेट पप्त गर्न सक्ने छन् ।
डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिउका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य सहरहरुमा डिशहोमको फाइबरनेट सेवा पाएको छ ।