अर्को एकदमै राम्रो कम्पनीको आईपीओ आउँदै, समयमै जानकारी पाउनुहोस् ।

Admin
0

 


बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स ईन्स्टिच्युट अफ नेपाल लिमिटेड ( बिफिन) ले साधारणसभा निमान्त्रणा गरेको छ । कम्पनीले मङ्सिर १७ गते ठमेल स्थित होटेल अल्फ्टमा सभा निमन्त्रणा गरेको हो ।


सभामा आर्थिक वर्ष २०७७ र ०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७७ र ०७८ को वासलात, विस्तृत नाफा नोक्क्सान हिसाब, नगद प्रवाहको विवरण पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी सम्पूण अनुसुचीहरु उपर छलफल गरि पारित गरिने छ ।


त्यस्तै कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८।०७९ को लागि कम्पनीको लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने पस्ताव पेश हुने छ ।

त्यस्तै विशेष प्रस्ताव अन्तरगत संस्थाको प्रबन्धपत्रको दफा ४(१) कम्पनीको उदेश्य अन्तरगत खण्ड भण” मा स्वदेशी तथा विदेशी विश्वविद्यालय संग सम्बन्धन प्राप्त गरी नियामक निकायबाट स्विकृती समेत लिई उच्च शिक्षा, स्नातकोत्तर र डिप्लोमा स्तरका शैक्षिक कार्यक्रमहरु संचालन, संयोजन तथा सहजीकरण गर्ने भन्दे उदेश्य थप गर्ने सम्बन्धमा छलफल गरी अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ ।


त्यस्तै नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सो बमोजिमको आवश्यक संशोधन वा फेरवदल गर्न संचालक समिति वा तोकेको व्याक्तिलाई अख्तीयारी दिने प्रस्ताव पनि पेश हुने छ ।


कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले सर्वसाधारणलाई १० प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । बिजपाटीले लेखेको छ ।

Tags

Post a Comment

0Comments

Post a Comment (0)